नेपाल साफ यु–१५ महिला च्याम्पियनसिपको समूह चरणबाट बाहिरियो

रेडियो कान्तिपुर संवाददाता

आश्विन २४, २०७६ | भुटान

नेपाल, भुटानमा जारी साफ यु–१५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । थिम्पुस्थित चाम्लिमिथाङ रगंशालामा आज भएको आफ्नो दोस्रो खेलमा नेपाल बगंलादेशसंग २–१ ले पराजित भयो ।

हारसंगै नेपालको फाइनल यात्रा सकिएको छ । पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा १ गोल फर्काएको थियो । खेलको ६४ औं मिनेटमा अमिसा कार्कीले गोल फर्काएपनि जितको लागि पर्याप्त भएन ।

दोस्रो जित हात पारेका बगंलादेश र भारत भने एक खेल अगावै फाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा भारतसँग ४–१ को हार भोगेको थियो भने बगंलादेशले आयोजक भुटानलाई २–० ले पाखा लगाएको थियो ।

आजै भएको अर्को खेलमा भारतले भुटानलाई १०–१ ले पाखा लगायो । समूह चरणको अन्तिम खेलमा नेपालले पर्सि आयोजक भुटानसँग प्रतिस्पर्धा गर्नेछ । 

 


प्रतिक्रिया