ललित-अम्बर डिपो कप मंसिर १३ गतेबाट 

मंसिर ४, २०७६ | धरान

ललित–अम्बर डिपो कप फुटबल प्रतियोगिताको १६ औं संस्करण मङ्सिर १३ गतेबाट सुरु हुने भएको छ । प्रतियोगिताको अन्तिम तयारी पूरा भएको बारे आयोजक डिपो स्कूलले धरानमा बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

धरानका विभिन्न विद्यालयमा कक्षा ५ सम्म अध्ययनरत बाल खेलाडी भित्र लुकेर रहेको असीमित प्रतिभालाई खेलकुद मार्फत बाहिर ल्याउने उद्देश्यले ललित अम्बर डिपो कपलाई निरन्तरता दिएको प्राचार्य राजाकुमार राइले बताउनुभयो ।

डिपो कपमा गत वर्षसम्म सुनसरी भरिका विद्यालयलाई समेट्ने गरेपनि धरान बाहिरकाले ठूला कक्षाका बाल खेलाडी पनि प्रतियोगितामा थाहै नपाई समावेश गरेको पाइएपछि यो वर्षखेखि धरान भरिका संस्थागत विद्यालयहरु मात्रा समेटिएको आयोजक स्कूलले जनाएको छ ।

डिपो कपमा धरान भरिका १३ वटा संस्थागत विद्यालयहरुले सहभागिता जनाएका छन् । जसमा आयोजक डिपोट सेकेन्डरी स्कूलको ए र बी दुई टिम, इस्टर्न एजुकेसनल एकेडेमी, नेपाल पुलिस हाई स्कूल, मेरिल्यण्ड सेकेन्डरी, विष्णु मेमोरियल, नवज्योति, आइडियल इङ्लिश बोर्डिङ्ग, आदर्श इङ्लिश बोर्डिङ, एक्वा डाइनेस्टी, इम्मानुएल सेकेन्डरी, होलिल्याण्ड इन्टर्नेस्नल सेकेन्डरी, युरेका रेसिडेन्टल रहेका छन् ।

प्रतियोगिताको उपाधि विजेताले नगद पुरस्कार १० हजार रुपैयाँ, रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र, उपविजेताले नगद ५ हजार रुपैयाँ मेडल तथा प्रमाणपत्र, तेस्रो स्थान बनाउनेले नगद ३ हजार रुपैयाँ, दिलकुमार प्लेट च्याम्पियनले नगद ३ हजार रुपैयाँ, प्लेट रनर अपले नगद २ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।  


प्रतिक्रिया