सुनको मूल्य फेरि २ सय रुपैयाँले बढ्यो

श्रावण २१, २०७६ | काठमाडौं

नेपाली बजारमा सुनको मूल्य पुनः बढेर नयाँ उचाईमा पुगेको छ । सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँ बढेर ६८ हजार रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस १ हजार ४ सय ४१ डलर हाराहारीमा पुगेपछि त्यसको प्रभाव नेपाली बजारमा परेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य अकासिएसँगै बजारमा सुनको कारोबार घटेको महासंघले जनाएको छ । चाँदीको मूल्य भने यथावत रहेको छ । चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

खासगरी चीन र अमेरिककाको व्यापार युद्धका कारण सुनको मूल्य अकासिएको जानकारहरू बताउँछन् । पछिल्लो समय अमेरिककाले चीनसँगको व्यापारमा कडाइ गरेपछि लगानीकर्ताले सुनमा लगानी बढाएका छन् ।

केही महिनायता अमेरिकाले तीन पटकसम्म चीनबाट आयात हुने सामग्रीमा कर बढाइरकेको छ । चीन र अमेरिकाको व्यापार युद्धकै कारण विश्व बजारमा सुनको मूल्य महँगो भएको र त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको जानकारहरू बताउँछन् । डलरको तुलनामा भारतीय रुपैयाँ पनि कमजोर भएकाले नेपाली बजारमा सुनको भाउ बढेको महासंघको भनाई छ । 


प्रतिक्रिया