नेपालमा ‘पोर्न साइट’ चलाउने युवक पक्राउ

असार २९, २०७७ | काठमाडौं

अश्लील सामग्री उत्पादन र प्रकाशन गरेको अभियोगमा प्रहरीको साइबर ब्यूरोले काठमाडौंको गोंगबुबाट एक युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा २३ वर्षीय सुरज श्रेष्ठ छन् । ब्यूरोका सहनिर्देशक नविन्द अर्यालले जारी गरेको विज्ञप्ति अनुसार श्रेष्ठले विदेशबाट वेबसाइट होस्टिङ गरेर अश्लील फिल्म बनाई प्रशारण गरेका थिए । 

१७ वर्षीया पीडित युवतीको उजुरीको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । श्रेष्ठले ती पीडित युवतीको अश्लील भिडियो बनाई वेबसाइटमा राखेका थिए । 

उनले चलाएको वेबसाइट बन्द भईसकेको ब्यूरोले जनाएको छ । पक्राउ परेका श्रेष्ठविरुद्द विद्युतीय करोबार ऐन अनुसार जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान थालिएको ब्यूरोले जनाएको छ ।       


प्रतिक्रिया