मुन्धुमबारे नयाँ पुस्तामा जागरण फैलाउनुपर्ने सुझाव

भाद्र १, २०८२ | काठमाडौं ।
याक्थुङ नेम्वाङ समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै विज्ञहरुले मुन्धुमबारे वर्तमान पुस्तामा जागरण फैलाउनुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा शनिवार आयोजित कार्यक्रममा मुन्धुममा थेबा माङको सान्दर्भिकताबाारे विज्ञहरुले धारणा राखेका थिए । सो क्रममा उनीहरुले मुन्धुमको महत्वबारे प्रकाश पार्दै यसको संरक्षण र विस्तारका लागि नयाँ पुस्तालाई समेत संलग्न गराउनुपर्ने बताए ।
मुन्धुमविद् एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वकूलपति तिलविक्रम नेम्वाङ “वैरागी काइँला”ले थेबा माङलाई मुन्धुमको ज्ञान र संस्कारसँग जोडिएको मूल आधारका रूपमा व्याख्या गर्नुभयो । उहाँले यसको संरक्षणमा सबैको भूमिका आवश्यक रहेको समेत बताउनुभयो । कार्यक्रममा बोल्दै अमर तुम्याङ, येहाङ लावती, अर्जुन नुगो, नवीन लिङ्देन र मुन्धुम लिम्बुले मुन्धुमबारे जागरण फैलाउनुपर्नेमा जोड दिनुभएको थियो ।
यस प्रकारका कार्यक्रमले मुन्धुम र थेबा माङको महत्वबारे सरोकारवालाबीच साझा दृष्टिकोण बनाउन मद्दत गर्ने अपेक्षा लिइएको आयोजक याक्थुङ नेम्वाङ समाजले जनाएको छ ।