ट्रक दुर्घटनामा चालकको मृत्यु

पुस १०, २०७७ | भक्तपुर

भक्तपुरको सूर्यविनायक नगरपालिका ८ आदर्शमा भैंसी बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

प्रहरीका अनुसार अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत जगातीबाट सूर्यविनायकतर्फ आउँदै गरेको ना ६ ख ३९८२ नम्बरको भैंसी बोकेको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा पर्सा वीरगन्ज महानगरपालिका १२ बस्ने ३० वर्षिय कैमोदिन अन्सारीको मृत्यु भएको हो । 

ट्रक पल्टिएर दुर्घटना हुँदा चालक अन्सारी ट्रकको ढोकामा च्यापिएर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले बताउनुभयो । 


प्रतिक्रिया