भारत लैजाँदै गरेको अवस्थामा दुई महिलाको उद्दार

फाल्गुन १७, २०७७ | बर्दिया

खाडी मुलुकमा रोजगारीको प्रलोभन देखाई भारत लैजाँदै गरेको अवस्थामा बर्दियाबाट दुई जना महिलालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । 

भारततर्फ लैजाँदै गरेको अवस्थामा झापाको दमक नगरपालिका–१ की ३७ वर्षीया र मोरङको सुनवेस नगरपालिका–३ की ३३ वर्षीया महिलालाई सशस्त्र सीमा सुरक्षा बल धनौरा तारातालको टोलीले उद्धार गरेको हो । 

मधुवन नगरपालिका–७ स्थित नेपाल–भारत सिमानाको सीमा स्तम्भ नम्बर ७२ बाट ती दुई महिलालाई उद्दार गरिएको सशस्त्रका प्रहरी उपरिक्षक नर बहादुर राउतले बताउनुभयो । 

उनीहरुलाई खाडी मुलुकमा रोजगारी दिने प्रलोभनमा दिल्ली लैजान गरेका बर्दियाको गुलरिया नगरपालिका–३ का कन्हैयालाल यादवलाई नियन्त्रणमा लिई प्रहरी समक्ष बुझाएको सशस्त्रका प्रहरी उपरिक्षक राउतले बताउनुभयो । 

यादवले मानव बेचबिखन गर्ने उद्देश्यले ती दुई जना महिलालाई भारत पठाउन लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बर्दिया प्रहरीले जनाएको छ ।


प्रतिक्रिया