भारतबाट अवैध रुपमा ल्याएर राखिएको कपडा बरामद

फाल्गुन १३, २०८१ | पर्सा
भारतबाट अवैध रुपमा ल्याएर लुकाई राखेको लत्ताकपडा पर्साबाट सशस्त्र प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले २५ लाख रुपैयाँ बढीको कपडा बरामद गरेको हो ।
भन्सार कार्यालयको सहयोगमा वीरगञ्ज महानगरपालिका–६ महाविर स्थानबाट चाचान मार्केटमा रहेको शिवम इम्पोरियम पसल र मार्केटको पूर्वपट्टी त्रिभुवन राजपथमा रहेको बाबुलाल चाचानको पुरानो घरमा लुकाई राखेको २५ लाख ११ हजार ५ सय ३० रुपैयाँ बरावरको कपडा बरामद गरेको हो ।
बरामद कपडा वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जिल्लास्थित सशस्त्र प्रहरी बलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।