स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2024/default/Radio-1711255025.jpg&w=700&height=600)
माघ २८, २०८१ | स्याङ्जा
स्याङ्जाको वालिङ नगरपालिका–८ डुम्रस्कोट भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार बिरुवा गाउँपालिका–७ घर भई हाल वालिङ–९ बस्दै आएका १६ वर्षीय सुशील गुरुङको मृत्यु भएको हो ।
वालिङ मोडबाट भकुण्डेतर्फ जाँदै गरेको ग १ ख ९४७२ नम्बरको ट्रकलाई सोही दिशामा रहेको लु ६९ प ८०६७ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
ट्रक चालक पर्वतको कुश्मा नगरपालिका–१२ का ३९ वर्षीय दिवाकार लामिछाने र मोटरसाइकल चालक वालिङ–८ का १७ वर्षीय हेमन्त रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।