ट्रकको ठक्करबाट अटोमा सवार महिलाको मृत्यु

फाल्गुन ३, २०८१ | हेटौंडा

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा ट्रकले अटोलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । 

ट्रकको ठक्करबाट अटोमा सवार मनहरी गाउँपालिका–६ खयरघारीकी ३५ वर्षीया पूजा बम्जनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

हेटौंडा बजारबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख. २४९६ नम्बरको ट्रकले विपरीत दिशामा रहेको ना १ ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । 

घाइते बम्जनको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते भएका अटो चालक हेटौंडा–१९ का राजु थिङ र मृतकका छोरा ११ वर्षीय अमृत घिसिङको हेटौंडामा उपचार भइरहेको छ । ट्रक र चालकलाई कान्छा राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया