बुद्धकृष्णले ९ औं पटक जिब्रो छेडाए

वैशाख २, २०७९

भक्तपुरको मध्यपुर थिमिनगरपालिका ८ बोडेका बुद्धकृष्ण बागश्रेष्ठले ९ औं पटक जिब्रो छेडाएका छन् । बोडे निवासी ४९ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४, ०७४ देखि ०७६ मा ३ तथा ०७८ र ०७९ मा गरी नौ पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका हुन् । जिल्लाको प्रसिद्ध बिस्केट जात्रा अन्तर्गत प्रत्येक वैशाख २ गते मध्यपुर थिमि–८ बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ । जिब्रो छेड्ने जात्रालाई जोगाउन बोडे बासीमध्येबाट पनि नेवार श्रेष्ठ थरकै व्यक्ति चाहिने परम्परा छ । सोही परम्परा अन्तर्गत श्रेष्ठले सयौंको भिडमा जिब्रो छेडाएका हुन् ।

जिब्रो छेडाउने व्यक्तिले तीनदिनभोकै बसी एक महिना देखि तेलमा डुबाइ राखेको करिब १ फिट लामो सियोले जिब्रो छेडिन्छ । जिब्रो छेड्नु अघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ । जिब्रो छेड्दा रगतआउनु हुँदैन । रगतआए अनिष्ट हुने जनविश्वास छ ।

विशेष पहिरन र खुट्टामातान्क्रिक घन्टी (घुङ्ग्रो) लगाई जिब्रो छेड्नु अघि शत्ति पिठहरुको दर्शन गर्ने र जिब्रो छेडिसकेपछि पनिचन्द्राकार बत्ती (भ्य) बोकीबोडे नगर परिक्रमा गर्ने प्रचलन छ । वैशाख २ गते बिहानैदेखि जिब्रो छेड्ने नाइकेले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्न पाँचो गणेशको प्राङ्गण रहेको पाटीमा मञ्चमनाई नायखिँ बाजाका साथजिब्रो छेड्ने परम्परा छ । हालसम्म क–कसले जिब्रो छेडाए भन्ने तथ्यांक नभएपनि पछिल्लो तथ्यांक अनुसार हर्कनरसिंहले २२, बेखानारायण हायश्रेष्ठले ३२, हरिदेव किला श्रेष्ठले १, हरिभासिक श्रेष्ठले ३, इन्द्र बाटा श्रेष्ठले २, हर्केश्वर ब्याँ श्रेष्ठले ३, चन्द्रसेन घो श्रेष्ठले ७, दिलकुमार खपे श्रेष्ठले ७, मुनि घो श्रेष्ठले १, धर्मराजबलामश्रेष्ठले १, कृष्णचन्द्र बाग श्रेष्ठले १२, बुद्धचन्द्र बाग श्रेष्ठले ७ र जुजुभाइबास श्रेष्ठले ८ पटक जिब्रो छेडेका छन् । 


प्रतिक्रिया