गोली प्रहार गरी दुई भारतीय लागूऔषध कारोबारी पक्राउ

माघ २३, २०८१ | झापा

झापाको कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई जना भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । 

गएराति भारत बिहारका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलमलाई गोली प्रहार गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार उनीहरुले भारतीय नम्बरको मोटरसाइकलमा लागूऔषध ओसारपसार गरिरहेका थिए । मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा दुबै जना भाग्न खोज्दा उनीहरुमाथि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । 

प्रहरीले चार राउण्ड हवाई फायर गरी दुबै जनालाई नियन्त्रणमा लिएको हो । सो क्रममा मोटरसाइकल चालक अन्जार आलमको घुडाँमुनी गोली लागेको छ । 

उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगुर ६३ मिलिग्राम फेला परेको सूचना अधिकारी चन्दले जानकारी दिनुभयो । घाइते अन्जारको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया