एपीएफको सहज जित

पुस २७, २०७५ | सुनसरी

यज्ञमान कुमाल चम्किदा सुनसरीमा जारी मनमोहन स्मृति वान डे क्रिकेटमा विभागीय सशस्त्र प्रहरीको एपीएफले सहज जित हात पारेको छ । निकै कसिलो बलिङ गरेका कुमालले ५ दशमलव ५ ओभरमा एक मेडन राख्दै १६ रन दिएर ७ विकेट लिए । एपीएफले प्रदेश १ लाई ७७ रनले हरायो ।

एपीएफले दिएको १ सय ५५ रनको लक्ष्य पच्छाएको प्रदेश १, १७ दशमलव ५ ओभरमा ६२ रन जोड्दा अलआउट भयो । फिरदोस अन्सारी र निरज मुखियाले समान २३ रन जोडे । 

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको एपीएफले ३६ ओभरमा १ सय ५४ रन जोड्दा अलआउट भयो । आसिफ सेख र कमल सिङ ऐरीको समान ३३ रन जोडे । प्रदेश १ का दिपेश कंडेलले ४ र सिद्धान्त लोहनीले ३ विकेट लिए ।

प्रतियोगितामा भोलि गण्डकी प्रदेश र एपीएफबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल प्रवेशका लागि एपीएफलाई भोलिको खेल जित्नै पर्ने दबाब छ । 


प्रतिक्रिया