बार्साका मुख्य प्रशिक्षक बर्खास्त

पुस २९, २०७६ | ..

स्पेनिस क्लब बार्सिलोनाले क्लबका मुख्य प्रशिक्षक बर्खास्त गरी नयाँ प्रशिक्षक नियुक्त गरेको छ । बार्सालाई २ सिजन लिगको उपाधि दिलाएका अर्नेष्टो भल्भर्डेलाई बर्खास्त गर्दै बार्साले क्वेक सेटिनलाई सो जिम्मेबारीमा ल्याएको हो । रियल बेटिसका पुर्ब प्रशिक्षक सेटिनसंग बार्साले २ बर्षको सम्झौता गरेको हो ।

 गत साता भएको स्पेनिस सुपरकपको सेमिफाईनलबाटै बाहिरिएपछि ५५ वर्षीय भल्भर्डेलाई हटाउन बार्सामाथि दबाब भएको हो । जारी सिजनको ला लिगामा पनि आशातित प्रदर्शन हुन नसकेपछि प्रशिक्षक भल्भर्डेसंगको सम्झौता समाप्त गर्ने तयारी बार्साले गरिरहेको थियो ।

गत सिजनको च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा लिभरपुलसंग भोगेको हार तथा कोपा डेल रे कपमा भ्यालेन्सीयासँगको पराजयपछि क्लब ब्यबस्थापक र प्रशिक्षकबीचको दुरी बढ्दै गएको थियो । 


प्रतिक्रिया