क्रिस्टियानो रोनाल्डोको एकान्तबास

वैशाख २३, २०७७ | काठमाडौं

युभेन्टसका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई हप्ताको क्वारेन्टिईन सुरु गरेका छन् । इटाली फर्कने बित्तिकै पोर्चुगिज स्टार रोनाल्डोले दुई हप्ताको एकान्तबास थालेका छन् ।इटाली लकडाउनमा परेपछि उनी पोर्चुगल फर्किएका थिए । रोनाल्डो मे १८ मा मैदान फर्कने अपेक्षा गरिएको छ । क्लबले सोही समय आन्तरिक रुपमा अभ्यास पुन सुरु गर्ने तयारी गरेको छ ।

इटाली सरकारले मे ४ बाट प्रशिक्षण सुरु गर्ने अनुमती दिइसकेको छ । सोही कारण युभेन्ट्सले आफ्ना विदेशी खेलाडीलाई इटाली फर्किन आग्रह गरेको थियो । पुन ईटाली फर्कने खेलाडीले प्रशिक्षणअघि दुई साताको एकान्तबास गर्नुपर्नेछ ।

खेलाडीले सामाजिक दुरी कायम राख्दै प्रशिक्षणमा सहभागी हुनेछन् । सिरि आ का अधिकांश क्लबले सिजन पुन सुरु हुनुपर्ने पक्षमा मतदान गरेपछि लिग शुरु हुन लागेको हो । अवस्था सामान्यतर्फ उन्मुख भएपछि इटालीमा फुटबल गतिविधि पुन: शुरु गर्न लागिएको हो । 


प्रतिक्रिया