फ्लोएड हत्याको बिरोधमा चेल्सीका खेलाडी

जेष्ठ २१, २०७७ | एजेन्सी

प्रिमियर लिग क्लब चेल्सीका खेलाडीले अमेरिकी प्रहरीले गरेको अमानवीय हत्याको बिरोधमा मैदानमै प्रर्दशन गरेका छन् । 

अभ्यासका क्रममा चेल्सीका खेलाडीले हत्याको बिरोधमा घुँडा टेकेर एच आकारमा रंगभेदी कदमको बिरोध गरेका हुन् । चेल्सीको घरेलु मैदान एफिल्डमा उनीहरुले जर्ज फ्लोएडले न्याय पाउनुपर्ने समेत माग गरे । यसअघि अर्को ईङलिश क्लब लिभरपुलका खेलाडीले पनि घटनाको बिरोधमा मैदानमै प्रर्दशन गरेका थिए ।

त्यस्तै बुन्डेसलिगाका खेलाडीहरूले घटनाको विरोध जनाएका थिए । अमेरिकास्थित मिनियापोलिसको सडकमा पुलिसले क्रुरतापूर्वक घुँडाले घाँटी थिचेर फ्लोएडको हत्या गरेको थियो ।     


प्रतिक्रिया