लेष्टर र वाटफोर्ट एक एकको बराबरी रोकिए

असार ६, २०७७

– प्रिमियर लिग फुटबलमा लेष्टर सिटी र वाटफोर्ट एक एकको बराबरीमा रोकिएका छन् । भिकारेज रोड स्टेडियममा भएको खेलमा पहिलो हाफ सकिंदा दुबै टोलीले गोल गर्न सकेनन् । खेलको ९० औं मिनेटमा लेष्टरका वेन चिलवेलले टोलीलाई अग्रता दिलाएका थिए । त्यस लगत्तै खेलको इन्जुरी समयमा वार्टफोर्टका क्रेग डसनले गोल गरेर टोलीलाई हारबाट जोगाए । 

लेष्टरले खेलको ५६ प्रतिशत बल आफ्नो पोजिशनमा पारेको थियो । तेस्रो स्थानको लेष्टरले वाटफोर्टको बराबरीसंगै ३० खेलमा ५४ अंक जोडेको छ । यस्तै १६ औं स्थानमा रहेको वार्टफोर्टको २८ अंक रहेको छ । ब्राइटन र आर्सनलबीचको खेल अहिले जारी छ । त्यस्तै वेष्ट ह्याम र वुल्भ्स् बीच सवा दशमा भिडन्त हुनेछ । बर्नमाउथ र क्रिष्टल प्यालेसबीच साढे १२ बजे खेल हुनेछ । 


प्रतिक्रिया