सन् २०२२ मा हुने फिफा विश्वकपको खेल तालिका सार्वजनिक

असार ३१, २०७७

– कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपको तालिका स्थानिय समय सहित सार्वजनिक गरेको हो । कतारमा हुने विश्वकप सन् २०२२ नोभेम्बर २१ बाट सुरु हुनेछ । विश्वकपको उद्घाटन खेल २१ नोभेम्बरमा स्थानीय समयअनुसार दिउाँसो साढे ३ बजे सुरु हुनेछ ।

 फिफाले सार्वजनिक गरेको तालिका अनुसार समुहचरणमा एकै दिन ४ खेल राखिएको छ । पहिलो खेल नेपाली समयानुसार दिउँसो पौने ४ बजे हुनेछ । दोस्रो खेल ७ र तेस्रो खेल राती ९ बजे हुनेछ । चौथो खेल भने मध्यराती १ बजे सुरु हुनेछ ।

तेस्रो स्थानको प्लेअफ खेल कतारको उत्कृष्ट खालिफा अन्तर्राष्ट्रिय रंगशालामा हुने फिफाले जनाएको छ । तेस्रो स्थानको प्लेअफ १७ डिसेम्बरमा हनेछ । विश्वकपको फाईनल खेल डिसेम्बर १८ मा हुनेछ । नेपाली समयअनुसार राती पौने ९ बजे लुसेल रंगशालामा विश्वकपको फाईनल खेल तय गरिएको छ । सो रंगशाला ८० हजार दर्शक क्षमताको छ ।

समूह चरणका खेल १२ दिनसम्म चल्नेछन् । विश्वकपका लागि कतारले ठुला क्षमताका ८ वटा रंगशाला तयार पारेको छ ।


प्रतिक्रिया