गोलरक्षक प्रशिक्षकमा विकास मल्ल

श्रावण २०, २०७७ | काठमाडौं

राष्ट्रिय फुटबल टिमको गोलरक्षक प्रशिक्षकमा पूर्वगोलरक्षक विकास मल्ल नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक कमिटीले आज मल्ललाई नेपाली राष्ट्रिय टिमको गोलरक्षक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो । 

सन् २००५ देखि २०१३ सम्म उनी राष्ट्रिय टिममा पहिलो रोजाईंको गोलकिपर थिए । कतारमा घुँडाको शल्यक्रिया गराए पनि उनी पुन: खेलमा फर्कन भने सकेनन् । मल्लले लामो समय विभागीय त्रिभुवन आर्मी क्लबको नेतृत्व सम्हालेका थिए ।

गोलरक्षक प्रशिक्षकको सी लाइसेन्स लिएका विकासले जापानका हिरो मित्सुमारुको स्थान लिनेछन् । कोभिड–१९ संक्रमणयता हिरो जापानमै छन् । उनले गोलकिपिङमा एएफसी लेभल वान र फिफाको एमए कोर्स पूरा गरेका छन् । 

मल्लले घरेलु मैदानमा हुने आसन्न विश्वकप छनोट खेलबाटै आफ्नो भूमिका निर्वाह गर्नेछन् । नेपालले घरेलु मैदानमा चाईनिज ताईपेई, अष्ट्रेलिया र जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ । 

तार्यपेईसँगको खेल अक्टोबर ८ का लागि तय गरिएको छ । त्यसको ५ दिनपछि अक्टोबर १३ मा अष्ट्रेलिया र नोभेम्बर १२ मा जोर्डनसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।


प्रतिक्रिया