नाडालले युएस ओपन नखेल्ने

श्रावण २१, २०७७ | काठमाडौं

दोस्रो बरियताका स्पेनी राफायल नाडालले युएस ओपन नखेल्ने भएका छन् । प्रतियोगिताको डिफेण्डिङ च्याम्पियन समेत रहेका नाडालले कोरोना माहामारीको अवस्थामा सुधार नआएकाले प्रतियोगिताबाट नाम फिर्ता लिएको बताएका हुन् ।

युएस ओपन आगामी अगष्ट ३१ बाट न्युयोर्कमा हुने छ । माईक्रोब्लगीङ साईट ट्वीटरमार्फत नाडालले यो बर्षको प्रतियोगिता नखेल्ने घोषणा गरेका हुन् । ३४ बर्षीय स्टारले भनेका छन्–विश्वभरको स्वास्थ्य अवस्था निक्कै जोखीमपुर्ण बनेको छ । यसको नियन्त्रणमा असफल बन्दा संक्रमणको दर बढिरहेको छ । धेरै कुरा बिचार गरेर मैले यो बर्षको प्रतियोगीता नखेल्ने निर्णय लिएको छु ।

स्विस रोजर फेडेररले पनि घुडाको चोटका कारण प्रतियोगीता नखेल्ने संभावना छ । महिलातर्फ पनि अष्ट्रेलियन एस्लेघ बर्टीले यो सिजन सहभागिता नजनाउने बताईसकेकी छन् ।   


प्रतिक्रिया