एपीएफले प्रदेश १ लाई हरायो

माघ ३, २०७७ | काठमाडौं

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगीतामा विभागीय टोली नेपाल एपीएफले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा एपीएफले प्रदेश एकलाई १ सय ३५ रनको फराकिलो अन्तरले हराउँदै प्रतियोगीतामा सुखद सुरुवात गरेको हो । 

एपीएफले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको प्रदेश एकको टोली ४२ दशमलब ४ ओभरमा १ सय ८ रनमा समेटियो । मनिस थापाले सर्वाधिक १८ रन बनाएको प्रदेश एकको ईनिङसमा फिर्दोस अन्सारीले १७ रन जोडे । दिपेश कंडेलले १६ र दिपक पासवानले १३ र जोसाक खड्काले अविजित १२ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

एपीएफका अविनास बोहराले ५ विकेट तथा वसन्त रेग्मीले २ विकेट हात पार्दै प्रदेश एकको ईनिङस ध्वस्त पारेका थिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४८ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४३ रन बनाएको थियो । एपीएफको जितमा आसिफ शेखले ५९ रनको योगदान गरे । वसन्त रेग्मीले ४० र सन्दीप जोराले ३० रन बनाए । कप्तान शरद भेषवाकरले २० तथा किशोर महतो र सुवास खकुरेलले समान १९ रन जोडे । प्रदेश एकका फिर्दोस अन्सारी, हेमन्त राई र दिपेश कंडेलले समान २ विकेट लिए ।


प्रतिक्रिया