अकमलमाथिको प्रतिबन्ध फुकुवा

फाल्गुन १५, २०७७ | काठमाडौं

पाकिस्तानी क्रिकेटर उमर अकमलको प्रतिबन्ध फुकुवा भएको छ । पाकिस्तान क्रिकेट बोर्डले लगाएको ३ बर्षको प्रतिबन्ध त्यहाँको सर्वोच्च अदालतले १८ महिनामा झारेको थियो । 

पाकिस्तानी खेलकुदको न्यायीक निकाय कोर्ट अफ आर्बिट्रेसन कासले सो समयसीमालाई थप ६ महिना घटाएपछि उनलाई मैदान फर्कन सहज भएको हो । उनलाई गत बर्षको फेब्रुअरीमा म्याच फिक्सिङको सुचना बोर्डमा नदिएको भन्दै पिसीबीले ३ बर्षको प्रतिबन्ध लगाएको थियो । अकमलले बोर्डको निर्णयबिरुद्ध सर्बोच्च अदालत र कासमा अपिल गरेका थिए । उनलाई २७ हजार अमेरिकी डलर जरिवाना समेत गरिएको छ ।

२९ बर्षिय अकमलले पाकिस्तानको राष्ट्रिय जर्सीमा १६ टेष्ट, १ सय २१ वन डे र ८४ टि–२० खेल खेलिसकेका छन् । प्रतिबन्ध फुकुवासंगै अकमल आसन्न सिरिजका लागि टोलीमा उपलब्ध हुने संभावना बढेको छ ।  


प्रतिक्रिया