टोकियो ओलम्पिक : १० हजार दर्शकलाई उपस्थितिका लागि अनुमति

असार ७, २०७८ | काठमाडौं

टोकियो ओलम्पिकमा १० हजार दर्शकलाई उपस्थितिका लागि अनुमति दिइएको छ । तर ती सबै जापानभित्रका हुनुपर्नेछ । अन्य मुलुकका दर्शकलाई प्रतिबन्ध लगाइएको भएपनि जापानी दर्शकलाई भने अनुमति दिइएको बीबीसीले उल्लेख छ । स्टेडियमको कुल क्षमतामध्ये ५० प्रतिशत मात्रै दर्शकले सहभागिता जनाउन पाउने जनाइएको छ । टोकियो ओलम्पिक आगामी जुलाई २३ देखि २४ अगष्टसम्म आयोजना गरिँदैछ । 

यद्यपी कोरोना संक्रमणको जोखिमलाई लिएर चिन्ता जताइएको छ । जापानकै ७० प्रतिशत भन्दा बढी नागरिक पनि ओलम्पिकको विपक्षमा भएपनि आयोजकले भने पूर्ण रुपमा स्वास्थ्य सावधानी अपनाएर प्रतियोगिता आयोजना गरिने दाबी गर्दै आएको छ । जापान सरकारले असहज परिस्थितिलाई ध्यानमा राखेर सबै जनालाई घरमै बसेर ओलम्पिकमा सहभागी हुन आह्वान गरेको छ ।

 यसअघि ओलम्पिक सुरु हुन ५ साता बाँकी रहँदा हिजो मात्रै टोकियोमा जारी संकटकालीन अवस्थालाई हटाइएको थियो । 


प्रतिक्रिया