फिफाको वरीयतामा नेपाल यथास्थानमा

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३१, २०७८ | काठमाडौं

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथा स्थानमा रहेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल सोही स्थानमै रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ । 

नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ७ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५८ औं स्थानमा रहेको छ । यस्तै बंगलादेश १ सय ८९ औं, भुटान १ सय ८७ औं, पाकिस्तान १ सय ९८ औं र श्रीलंका २ सय ५ औं स्थानमा रहेका छन् । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै ब्राजिल दोस्रो, तेस्रोमा इंग्ल्यान्ड, चौथोमा फ्रान्स र पाँचौ स्थानमा इटाली रहेको छ । 


प्रतिक्रिया