साहिद अफ्रिदी नेपाल आउँदै

रेडियो कान्तिपुर संवाददाता

आश्विन ७, २०७८ | काठमाडौं

पाकिस्तानका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान साहिद अफ्रिदी एभरेष्ट प्रिमियर लिग क्रिकेट खेल्नका लागी आज काठमाडौं आउँदैछन् । काठमाडौं किंङस इलेभेन टोलीमा रहेका अफ्रिदिले शनिबार र सोमबार हुने दुईवटा म्याच खेल्नेछन् । 

शनिबार उद्धघाटन खेलमा काठमाडौं किंग इलेभेनले ललितपुर पेट्रियट्ससँग र आइतबार विराटनगर वारियर्ससँग प्रतिस्पर्धा गर्नेछ । आगामी सोमबार पाकिस्तान फर्कने अफ्रिदीले काठमाडौंमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेट बताइएको छ ।


प्रतिक्रिया