रशिला विश्व ब्याडमिन्टनको ७ औं स्थानमा

माघ ११, २०७८ | काठमाडौं

राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व वरियतामा ब्याडमिन्टनको जुनियर महिला युगलतर्फ सातौं स्थानमा उक्लिएकी छन् । विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेको विश्व वरियतामा महर्जन जुनियर महिला युगलतर्फ सातौं स्थानमा पुग्न सफल भएकी हुन् । 

जुनियर महिला एकलतर्फ १९ औं स्थानमा रहेकी रशिला विश्व महिला जुनियर तर्फ उच्च स्थानमा पुग्ने पहिलो नेपाली महिला खेलाडी हुन् । विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेको वरियतामा नेपालका प्रिन्स दाहाल पुरुष जुनियर एकलतर्फ शीर्ष स्थानमा रहन सफल भएका थिए । 

नेपाल ब्याडमिन्टन संघले एक विज्ञप्ति जारी गर्दै विश्व ब्याडमिन्टनको महिला जुनियरतर्फ उच्च स्थानमा पुग्न सफल भएकोमा महर्जनलाई बधाई दिएको छ । 

नेपाल ब्याडमिन्टन संघमाथि खेलाडीको स्तरलाई कायम राख्न र अन्य खेलाडीको स्तर उकास्न थप दबाब परेको भन्दै त्यसमा संघ सधै अग्रसर रहने विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया