म्यानचेष्टर सिटीलाई तिन अंकको अग्रता

रेडियो कान्तिपुर संवाददाता

वैशाख २९, २०७९

इङ्लिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा वुल्भरह्याम्टन विरुद्ध जित हात पार्दै म्यानचेष्टर सिटीले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । गएरातीको जितसँगै शीर्ष स्थानको म्यान सिटीले लिभरपुलसंँग ३ अंकको अग्रता कायम गरेको हो । शीर्ष स्थानको म्यान सिटीको ८९ अंक छ भने समान खेलबाट लिभरपुलको ८६ अंक छ । गएरातीको खेलमा म्यान सिटीले वुल्भरह्याम्प्टनलाई ५–१ गोल अन्तरले पराजित गरेको थियो ।

म्यान सिटीका लागी केभिन डि ब्रुएनले ४ गोल गरे । रहिम स्टर्लिङ्गले अर्काे एक गोल थपे । यस्तै अन्य खेलमा चेल्सीले लिड्स माथि ३–० गोल अन्तरले जित निकालेको छ । लेष्टर सिटिले नर्विच सिटि माथि ३–० कै जित निकाल्यो । वाटफोर्ड र एभर्टनले गोलरहित बराबरी गर्दै अंक बाँडेका छन् । 


प्रतिक्रिया