एसिया कप क्रिकेट आजबाट

भाद्र ११, २०७९ | दुवई

एसिया कप क्रिकेट आजबाट यूएईमा सूरु हुदैछ । आज हुने उद्घाटन खेलमा समूह बीमा रहेका श्रीलंका र अफगानिस्तान प्रतिस्पर्धा गर्नेछन् । खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बेलुकी पौने ८ बजे हुनेछ । पाँच पटकको च्याम्पियन श्रीलंका पहिलो खेलमा जित हात पार्दै सुखद सुरुआत गर्न चाहन्छ । यता, अफगानिस्तान पनि जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छ ।

प्रतियोगितामा ६ टोली सहभागी हँुदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह एमा साविक विजेता इण्डियासहित पाकिस्तान र हङकङ छन् । समूह बीमा अफगानिस्तान, बंगलादेश तथा श्रीलंका छन् । टी–ट्वान्टी फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर ११ हुनेछ ।


प्रतिक्रिया