नेपाल र बंगलादेशबीच आज मैत्रीपूर्ण फुटवल म्याच हुँदै

रेडियो कान्तिपुर संवाददाता

आश्विन ११, २०७९

नेपाल र बंगलादेशबीच आज काठमाडौंको दशरथ रंगशालामा मैत्रीपूर्ण फुटवल खेल हुँदैछ । नेपाल बंगलादेशविरुद्धको आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यसहित मैदान उत्रिदैछ । पछिल्लो चार खेलमा नेपाल बंगलादेशविरुद्ध अपराजित रहेको छ । नेपाल र बंगलादेशले आपसमा २४ खेल खेलेका छन् । जसमध्ये बंगलादेशले नेपालविरुद्ध १२ खेलमा जित हात पारेको छ भने नेपालले ७ वटा म्याचमा बंगलादेशलाई पराजित गरेको छ ।


 ५ वटा म्याच भने बराबरीमा टुंगिएको छ । नेपाली टोलीका प्रशिक्षक हुमागाईंले बंगलादेशलाई कमजोर नआक्ने बताएका छन् । त्यस्तै, बंगलादेशका प्रशिक्षक जेभियर फर्नान्डिज काब्रेराले टोलीको तयारी राम्रो भएको जनाउदै नेपालविरुद्ध जित्न खेल्ने बताएका छन् । खेल अपरान्ह साढे ५ बजे शुरु हुने अखिल नेपाल फुटवल संघ एन्फाले जनाएको छ ।


प्रतिक्रिया