मकवानपुर गोल्डकपमा एनआरटी र राजारानी क्लब भिड्दै

माघ २४, २०८० | मकवानपुर

सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज काठमाडौंको न्यूरोड टीम एनआरटी र धनकुटाको राजारानी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । 

हेटौंडा–६ स्थित गौरीटार रंगशालामा हुने एनआरटी र राजारानी क्लबबीचको खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ । एनआरटी, राजारानी क्लबलाई सेमिफाइनल रोक्दै उपाधि यात्रा तय गर्ने लक्ष्यमा छ । 

राजारानी क्लब पनि प्रतिद्वन्द्वी एनआरटीलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्ने रणनीतिमा हुनेछ ।

यसअघि हिजो भएको खेलमा विभागीय टोली एपीएफले थ्रीस्टार क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि एपीएफ र सलार्हीको बाग्मती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

फाइनल खेल आगामी शनिबार हुनेछ । प्रतियोगिताको विजेताले १५ लाख, उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । 


प्रतिक्रिया