मकवानपुर गोल्डकपको सेमिफाइनलमा बाग्मती र एपीएफ भिड्दै

माघ २५, २०८० | मकवानपुर

सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज सलार्हीको बाग्मती युथ र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । 

हेटौंडा–६ स्थित गौरीटार रंगशालामा हुने बाग्मती र एपीएफ क्लबबीचको खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ । बाग्मती एपीएफलाई सेमिफाइनलमै रोक्ने लक्ष्यमा छ । एपीएफ पनि फाइनलमा स्थान सुरक्षित गर्ने रणनीतिका साथ मैदान उत्रनेछ ।

आजको खेलको विजेताले उपाधिका लागि पर्सि शनिबार हुने फाइनलमा काठमाडौंको न्यूरोड टीम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ । 

यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा धनकुटाको राजारानी क्लबलाई पराजित गर्दै एनआरटीले फाइनलमा स्थान सुरक्षित गरेको हो । 

प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ, उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


प्रतिक्रिया