नेपाल ’ए’ र क्यानडा–११ बीचको तेस्रो खेल आज

तस्बिर सौजन्य : नेपाल क्रिकेट संघ 

फाल्गुन १०, २०८० | काठमाडौं

तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत नेपाल ’ए’ र क्यानडा–११ बीचको तेस्रो खेल आज हुँदैछ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा हुने नेपाल ’ए’ र क्यानडा–११ बीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ । 

पहिलो पटक बनेको नेपाल ए टीम आज सिरिज जित्ने लक्ष्यमा छ । क्यानडा पनि नेपालले हराउँदै सिरिज आफ्नो पक्षमा पार्ने योजनामा हुनेछ । नेपाल ए र क्यानडा–११ ले एक÷एक खेल जितेका छन् ।

सिरिजको पहिलो खेलमा क्यानडाले नेपाललाई ४ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने नेपाल ए टीम २ विकेटले विजयी भएको थियो । 

कप्तान सन्दीप जोरा र बसिर अहमदको अर्धशतकपछि नेपाल ‘ए’ ले क्यानडा ११ विरुद्ध रोमाञ्चक जित हात पारी तीन खेलको शृंखला १–१ को बराबरी गरेको हो । 

सिरिजको दोस्रो खेलमा नियमित कप्तान विनोद भण्डारी बिरामी भएका कारण उपस्थित नहुँदा सन्दीप जोराले नेपालको नेतृत्व सम्हालेका थिए । 


प्रतिक्रिया