बहराइनविरुद्धको होम म्याच नेपालमा नहुने

फाल्गुन १८, २०८० | काठमाडौं

विश्वकप छनोट अन्तर्गत बहराइनसँगको होम म्याच नेपालमा नहुने भएको छ । एन्फाले आज विज्ञप्ती जारी गर्दै खेल नहुने जनाएको हो ।नेपालले चैत्र ८ मा घरेलु मैदानमा बहराइनसँग खेल्ने तालिका थियो ।

एसियाली फुटबल महासंघ एएफसीले काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय फुटबलका लागि उपयुक्त नहुने बताएपछि बहराइनविरुद्धको खेल नेपालले अर्को देशमा खेल्नु पर्ने भएको हो । 

एएफसी प्रतिनिधिले हालै मात्र रंगशालाको निरीक्षण गरेको थियो ।

गत साता मात्रै दशरथ रंगशालामा रग्बीको क्लब च्याम्पिनयसिप भएको थियो भने हाल केपी ओली कप फुटबल प्रतियोगिताका खेलहरु संचालन भईरहेका छन् । 

त्यसअघि, नेपाल सुपर लिग र विभिन्न स्कुलले आफ्नो वार्षिक खेलकुद कार्यक्रम पनि आयोजना गरेका थिए । नेपालले बहराइनविरुद्धको अवे म्याच भने चैत १३ मा उसैको मैदानमा खेल्नेछ ।


प्रतिक्रिया