फुलह्यामसँग टोटनह्याम स्तब्ध

चैत्र ४, २०८० | काठमाडौं

टोटनह्याम हट्स्परले इंग्लिस प्रिमियर लिगको पछिल्लो खेलमा फुलह्यामसँग ३–० गोल अन्तरले पराजित भएको छ ।

फुलह्यामको जितमा रोड्रिगो मुनिजले दुई तथा सासा लुकिकले एक गोल गरे । 

मुनिजले खेलको ४२ र ६१ औं मिनेटमा तथा लुकिकले ६१ औं मिनेटमा गोल गरेका थिए । 

यो नतिजापछि फुलह्याम ३८ अंकका साथ १२ औं स्थानमा रहेको छ । 

टोटनह्याम ५३ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । 

यस्तै, प्रिमियर लिगको अर्को खेलमा बर्नलीले ब्रेन्टफोर्डलाई २–१ गोल अन्तरले हराएको छ । 

लुटन टाउन र नटिङ्घम फरेस्टले एक÷एक गोलको बराबरी खेलेका छन् ।


प्रतिक्रिया