म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश

चैत्र ४, २०८० | काठमाडौं

न्युक्यासल युनाइटेड विरुद्ध सहज जित हात पार्दै म्यानचेस्टर सिटी एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदान इतिहाद स्टेडियममा भएको क्वाटरफाइनलमा म्यानचेस्टर सिटीले पाहुना टोली न्युक्यासल युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा बर्नार्डो सिल्भाले गरेको व्यक्ति दुई गोल गरे ।

सिल्भाले खेलको १३ र ३१ औं मिनेटमा गरेको गोल सिटीलाई आन्तिम चारमा पु¥याउन पर्याप्त बन्यो ।

यस्तै, अर्को खेलमा कभेन्ट्री सिटीले वोल्भरह्याम्प्टनलाई स्तब्ध पार्दै एफए कपको सेमिफाइनल यात्रा तय गरेको छ । 

शनिबार भएको खेलमा कभेन्ट्रीले उल्भ्सलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।


प्रतिक्रिया