इटहरी गोल्डकपको उद्धघाटन खेलमा एपीएफ र सगरमाथा भिड्दै

चैत्र १०, २०८० | सुनसरी

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करण आज सुरु हुँदैछ । 

यस वर्षदेखि रात्रिकालीन समयमा सुरु गरिन लागेको गोल्डकपको उद्घाटन खेलमा विभागीय टिम एपीएफ र साविक विजेता मोरङको सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुँदैछ । 

इटहरी रंगशालामा हुने उद्घाटन खेल साँझ साढे ६ बजेपछि सुरु हुने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ ।

सगरमाथा युथ क्लब इटहरी गोल्डकप फुटबलको १२ औं र १३ औं संस्करणको च्याम्पियन टिम हो । 

पहिलो पटक सहभागिता जनाएको एपीएफ पनि गोल्डकपमा सुखद सुरुवात गर्ने दाउमा हुनेछ । एक सातासम्म चल्ने प्रतियोगितामा एक भारतीय कुल ८ टिमको सहभागिता रहेको छ । 

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । 


प्रतिक्रिया