एन्फा महिला लिगः पुलिसलाई हराउँदै एपीएफ च्याम्पियन

माघ १६, २०८१ | काठमाडौं

नेपाल एपीएफ क्लबले काठमाडौंमा आयोजित एन्फा महिला लिग फुटबल २०८१ को उपाधि जितेको छ । 

लगातार चौथो पटक लिगको उपाधि जित्ने क्रममा एपीएफले फाइनलमा आज नेपाल पुलिस क्लबलाई ४–० गोलले पराजित गर्यो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेले पनि एपीएफले पुलिसविरूद्ध चारै गोल दोस्रो हाफमा गरेको थियो । 

एपीएफकी सविता राना मगरले दुई तथा सरु लिम्बू र अनु लामाले एक÷एक गोल गरेका थिए । एपीएफले उपाधिसँगै १० लाख र दोस्रो भएको पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।


प्रतिक्रिया