पाथीभरा केबलकार निर्माण विवाद, वार्तामार्फत समाधान गर्न एमाले सचिव भट्टराईको माग

माघ १६, २०८१

एमाले सचिव एवम् सांसद योगेश भट्टराईले पाथीभरा केबलकार निर्माणको विषयमा उत्पन्न विवाद वार्तामार्फत समाधान गर्न माग गर्नुभएको छ । ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किने खालका गतिविधिले कसैको हित नगर्ने भन्दै अविलम्ब वार्ता गरी समस्यालाई समाधान गर्न माग गर्नुभएको हो । उहाँले विरोधमा उत्रिएका पक्षलाई बन्द हड्तालका कार्यक्रम फिर्ता लिन आग्रह गर्नुभएको छ । 

भट्टराईले गिरफ्तार भएका व्यक्तिहरु रिहा गर्न, घाइतेहरुलाई उपचारको व्यवस्था गर्न सरकारसँग माग समेत गर्नुभएको छ । स्थानीय संस्कृतिको जर्गेना र सम्वद्र्धनका लागि पार्क तथा संग्रहालय निर्माण गर्नुपर्ने तथा धर्म र संस्कृतिको उत्थानका लागि काम अघि बढाउनुपर्ने उहाँको भनाइ छ । ताप्लेजुङमा क्रियाशिल राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधिहरु पाथीभरामा केबलकार बन्नुपर्ने पक्षमा रहेको भन्दै सांसद भट्टराईले कम्पनीको तर्फबाट स्थानीय नागरिकलाई थप सुविधा दिनुपर्ने माग समेत गर्नुभयो । 


प्रतिक्रिया