इटहरी गोल्डकपमा आज चर्च ब्वाइज र एनआरटी भिड्दै

चैत्र १३, २०८० | सुनसरी

इटहरी गोल्डकप फुटबल प्रतियोगितामा आज काठमाडौंको चर्च ब्वाइज युनाइटेड र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुँदैछ । 

सुनसरीको इटहरी रंगशालामा हुने चर्च ब्वाइज र एनआरटी बीचको खेल साँझ ६ बजेपछि सुरु हुनेछ । 

एनआरटी हालै सम्पन्न बुढासुब्बा गोल्डकपको च्याम्पियन टोली हो भने चर्च ब्वाइज इटहरी गोल्डकपको अघिल्लो संस्करणको उपविजेता टिम हो । दुबै टोली आज अन्तिम चारमा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछ ।

यसअघि हिजो भएको तेस्रो क्वाटरफाइनलमा झापाको बिर्तामोड युनाइटेड क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ । 

निर्धारित समयको खेल १–१ गोलको बराबरी भएपछि निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा आर्मीले बिर्तामोड युनाइटेडलाई ३–२ ले पराजित गर्‍यो ।


प्रतिक्रिया