ब्रेन्टफोर्डले म्यानचेस्टर युनाइटेडलाई बराबरीमा रोक्यो

चैत्र १८, २०८० | काठमाडौं

इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले म्यानचेस्टर युनाइटेडलाई बराबरीमा रोकेको छ । जी–टेक कम्युनिटी स्टेडियममा गएराति भएको रोमाञ्चक खेलमा ब्रेन्टफोर्डले म्यानचेस्टर युनाइटेडसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

मेसन माउन्टले अतिरिक्त समयको छैटौं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, त्यसको तीन मिनेटपछि क्रिस्टोफर अजेर गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

यो बराबरीसँग तालिकाको छैटौं स्थानमा रहेको म्यान युनाइटेडको ४८ अंक छ भने १५ औं स्थानको ब्रेन्टफोर्डको २७ अंक भएको छ ।

लिगकै अर्को खेलमा एस्टन भिल्लाले उल्भ्सलाई २–० गोल अन्तरले हराएर शीर्ष चारमा रहन सफल भएको छ । भिल्ला ५९ अंकका साथ तालिकाको चौथो स्थानमा छ ।

यस्तै, अर्को खेलमा टोटनहमले लुटन टाउनलाई २–१ गोल अन्तरले पराजित ग¥यो । बर्नमाउथले एभरटनलाई २–१ ले हरायो भने चेल्सीले बर्नलीसँग २–२, नटिङघम फरेस्टले क्रिस्टल प्यालेससँग १–१ र सेफिल्ड युनाइटेडले फुलहमसँग ३–३ को बराबरी खेल्यो ।


प्रतिक्रिया