न्युजिल्याण्ड ब्याटर मुनरोद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

वैशाख २८, २०८१ | काठमाडौं

न्युजिल्याण्डका ३७ वर्षीय क्रिकेटर कोलिन मुनरोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । 

आगामी महिना हुने टि ट्वान्टी विश्वकपलागि घोषणा गरिएको टिममा आफ्नो नाम समावेश नभएपछि उनले सन्यास लिएको हुनसक्ने क्रिक इन्फोले जनाएको छ ।

पछिल्लो केहीवर्ष यता क्रिकेट बाहिर रहेका बाँया हाते ब्याटर मुनरोले यसपटकको विश्वकपका लागि आफू तयार रहेको बताए पनि त्यसका लागि टीममा स्थान नभएको न्युजिल्याण्ड टीमका प्रशिक्षक ग्यारी स्टोडले बताइसकेका छन् । 

मुनरोले न्युजिल्याण्डका तर्फबाट ५७ वटा एक दिवसीय र ६५ वटा टी–ट्वान्टी म्याच खेलिसकेका छन् । 

 मुनरोले इन्डियन प्रमियर लिग आइपीएलका दिल्ली क्यापीटल्स, कोलकाता नाइटराइर्डस र मुम्बई इन्डियन्स क्लबबाट समेत खेलिसकेका छन् । 


प्रतिक्रिया