ब्राड हज सुदूरपश्चिम रोयल्सको मेन्टर नियुक्त

आश्विन २९, २०८१ | काठमाडौं

नेपाल प्रिमियर लिग (एनपीएल)का लागि सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजलाई प्रमुख मेन्टेर नियुक्त गरेको छ । 

सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका लागि सन् २००७ को विश्वकप विजेता टिममा रहेका हजलाई प्रमुख मेन्टेर नियुक्त गरेको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएको हो । 

हजले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग आइपीएल समेत खेलेका थिए । हजको आगमनलाई लिएर टिम उत्साहित रहेको भन्दै उच्च प्रदर्शन गर्ने अपेक्षा गरिएको सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले बताउनुभयो । 

दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने एनपीएल मंसिर १६ गतेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।


प्रतिक्रिया