महिला साफमा उपविजेता नेपाली टोलीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने

कार्तिक १५, २०८१ | काठमाडौं

साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेका नेपाली टोलीका खेलाडीलाई सरकारले जनही ३–३ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । 

च्यापियनसिपमा उपविजेता नेपाली खेलाडीलाई जनही ३ लाख पुरस्कार प्रदान गरिने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिनुभयो ।

 मुख्य प्रशिक्षकले २ लाख रुपैयाँ पाउनेछन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले १ लाख २० हजार रुपैयाँ पाउने घिसिङले बताउनुभयो । 

साफ महिला च्याम्पियनसिपको सातौं संकरणको फाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित हुँदै उपविजेता बनेको हो । यस्तै, साफ महिला च्याम्पियनसिप खेलेको राष्ट्रिय टिमलाई काठमाडौं महानगरपालिकाले २५ लाख रुपैयाँसहित सम्मानित गरिसकेको छ ।


प्रतिक्रिया