तिहारमा लोडसेडिङ हुँदैनः कुलमान घिसिङ

कार्तिक १५, २०८१ | काठमाडौं

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा विद्युत प्रयोग गर्दा लोडसेडिङ नहुने बताउनुभएको छ ।

कार्यकारी निर्देशक घिसिङले प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने बताउनुभएको हो । यसवर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत् उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत् आयात गर्नुपर्ने अवस्था नरहेको दाबी गर्नुभयो ।

गत असोज दोस्रो साता आएको बाढीले ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी सहित जलविद्युत आयोजनमा ठूलो क्षति पुरयाएको भन्दै घिसिङले प्रसारणलाइन बगाएको हुनाले काबेली करिडोरको करिव २ सय मेगावटको आयोजनाहरु ठप्प रहेको बताउनुभयो ।

करिव ७ सय मेगावटका जलविद्युत् प्रणाली भन्दा बाहिर रहेकाले राजश्व संकलनमा ठूलो घाटा एवंम मर्मतको लागि प्राधिकरणले ठूलो रकम खर्च गर्नुपर्ने अवस्था आएको घिसिङको भनाई थियो । उहाँले तिहारमा विद्युत पुगेपनि हिउँदयाममा भारतबाट विद्युत आयत गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।  


प्रतिक्रिया