एसियन कप फुटवलः छनोट चरणमा नेपालले भियतनाम, लाओस र मलेसियासँग खेल्ने
मंसिर २४, २०८१ | काठमाडौं
सन् २०२७ मा साउदी अरेबियामा हुने एएफसी एसियन कप फुटवलका लागि अन्तिम छनोट चरणमा नेपालले भियतनाम, लाओस र मलेसियालाई प्रतिद्वन्दी पाएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा आज गरिएको ‘ड्र’ अनुसार नेपालसँगै भियतनाम, मलेसिया र लाओस समूह ‘एफ’मा परेका छन् ।
एसियाली फुटवल महासंघ एएफसीकाअनुसार मार्च २५ बाट सुरु हुने छनोट चरण राउन्ड रोबिन फम्र्याटमा होम एन्ड अवेमा हुनेछ ।
प्रत्येक समूहको विजेताले सन् २०२७ मा साउदीमा हुने एएफसी एसियन कपका लागि छनोट हुन पाउने छन् ।