पीएम कप क्रिकेटः पुलिस अपराजित, कर्णालीसँग लुम्बिनी प्रदेश ५ विकेटले पराजित

चैत्र ७, २०८१ | काठमाडौं

साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । आज भएको खेलमा बागमती प्रदेशलाई ९३ रनले हराउँदै पुलिसले अपराजित यात्रा कायमै राखेको हो । 

२ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५ ओभर २ बलमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ७० रन जोडे पनि त्यो जितका लागि पर्याप्त भएन । त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ९७ रन बनाएको थियो । यो योगफल यस संस्करणको सबैभन्दा ठूलो हो । अपराजित पुलिस १४ अंकसहित शीर्ष स्थानमा कायमै छ । बागमती ४ अंकका साथ आठौं स्थानमा छ ।

लुम्बिनीमाथि कर्णाली प्रदेश ५ विकेटले विजयी

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको अर्को खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई ५ रनले हराएको छ ।

 २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४९ ओभर ४ बलमा २ सय रनमा अलआउट भयो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे पनि जित हात पर्न सकेन । त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ४८ ओभर ५ बलमा २ सय ५ रनको योगफल तयार गरेको थियो । 

कर्णालीका दीपेन्द्र रावतले सर्वाधिक ६६ रन जोडे । जितसँगै ६ खेलबाट ६ अंक जोडेको कर्णाली पाँचौ स्थानमा छ । ७ खेल खेलेको लुम्बिनी ८ अंकका साथ तेस्रो स्थानमा छ । 


प्रतिक्रिया