एनओसीले एसियन गेम्स फन रन आयोजना गर्दै
फाल्गुन २९, २०८२ | काठमाडौं
नेपाल ओलम्पिक कमिटी एनओसीले ‘एसियन गेम्स फन रन’ आयोजना गर्ने भएको छ । एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले आज आयोजित पत्रकार सम्मेलनमार्फत भोली बिहान प्रतियोगिता आयोजना हुने जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहान साढे ७ बजे फर रन सातदोबाटोस्थित एनओसी भवन परिसरबाट सुरु भई बी एण्ड बी अस्पताल गेट, ग्वार्को चोक, प्रभात स्कुल, लुस्सी, कनिबहा चोक, ओकुबाहाल, बैना, चक्रबही र हौगल हुँदै पाटन दरबार स्क्वायरस्थित कात्तिक डबली, मंगलबजारमा पुगेर समापन हुनेछ ।
फन रन करीब ३ किलोमिटर दूरीको हुनेछ ।
ओलम्पिक काउन्सिल अफ एसिया ओसिएको कार्यक्रमअन्तर्गत आयोजना हुने फन रन एसियाडको खुशीयाली मनाउन र खेल भावना, एकता तथा सहभागिताको सन्देश फैलाउन आयोजना गर्न लागिएको बताइएको छ ।
जापानमा हुने २० औँ एसियाली खेलकुद एसियाडको प्रचार प्रसार र खेल भावनालाई प्रवद्र्धन गर्ने उद्देश्यले फर रन आयोजन ागर्न लागिएको एनओसीले जनाएको छ ।
एसियाड आइची नागोया शहरमा सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हँुदैछ ।
एसियाडमा नेपालले ३२ खेलमा स्पर्धा गर्ने एनओसीले जनाएको छ ।











