आगामी फिफा विश्वकपमा इरान सहभागि नहुनु उचित भएको ट्रम्पको टिप्पणी

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २९, २०८२ | काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी युद्धको अवस्थामा इरानले आगामी फिफा विश्वकपमा सहभागी नहुनु नै उचित हुने बताउनुभएको छ । ट्रम्पले इरानको टोलीलाई प्रतियोगितामा स्वागत गरिए पनि सुरक्षाका लागि सहभागी नहुनु उचित हुने टिप्पणी गर्नुभएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

 सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले इरानको राष्ट्रिय फुटबल टोली विश्वकपमा सहभागी हुन सक्ने भएपनि वर्तमान परिस्थितिमा उनीहरुको सुरक्षा कारणले सहभागी हुनु उचित नहुने बताउनुभएको समाचारमा उल्लेख छ ।

 यसैबीच, इरानका खेल मन्त्री अहमद दुन्यामालीले भने युद्धको अवस्थामा इरान विश्वकपमा सहभागी हुन नसक्ने संकेत दिएका छन्। आगामी २०२६ फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछन्। 

छनोट पार गरिसकेको इरान समूह ‘जी’ मा बेल्जियम, इजिप्ट र न्युजिल्यान्डसँग परेको छ।इरानका तीन खेलमध्ये दुई लस एन्जलस र एक सियाटलमा हुने तालिका रहेको छ । यद्यपि वर्तमान युद्धको अवस्थाले इरानको सहभागिता अझै अनिश्चित बनेको बताइन्छ ।


प्रतिक्रिया