एन्फा राष्ट्रिय लिगमा नव जनजागृति क्लब र सातदोबाटो क्लबबीच बराबरी

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ३०, २०८२ | काठमाडौं

एन्फा राष्ट्रिय लिग अन्तर्गत आजको पहिलो खेलमा नव जनजागृति क्लब र सातदोबाटो क्लववीच बराबरी भएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा जन जागृति र सातदोबाटो युवा क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । 

जन जागृतिले विक्रम थोकरको गोलमार्फत खेलको २६औं मिनेटमा अग्रता लिएको थियो । दोस्रो हाफको तेस्रो मिनेटमा अरुण लामाले सातदोबाटोका लागि बराबरी गोल गरेका थिए । जन जागृतिले १० औै खेलमा आएर अंकको खाता खोलेको छ । 

उता सातदोबाटो सातौं खेलसम्म पनि जितविहीन रह्यो ।जन जागृति अंकतालिकाको पुछारमा छ । सातदोबाटो १० खेलमा ८ अंक जोड्दै पुछारबाट चौथो स्थानमा छ । 


प्रतिक्रिया