च्याम्पियन्स लिगमा पीएसजीसँग आर्सनल स्तब्ध

वैशाख १७, २०८२ | काठमाडौं

पेरिस सेन्ट–जर्मेन पीएसजीले यूइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई पराजित गरेको छ । 

इमिरेट्स स्टेडियममा गएराति सम्पन्न खेलमा घरेलु टोली आर्सनल पीएसजीसँग १–० ले स्तब्ध भएको हो । पीएसजीको जितमा ओस्मान डेम्बेलेले खेलको चौथों मिनेटमै गरेको गोल निर्णायक बन्यो । 

खेलको सुरुवाती समयदेखिनै पीएसजी हावी भएको थियो । सन् २००९ यता पहिलोपटक सेमिफाइनल खेलेको आर्सनल दोस्रो हाफमा बलियो देखिए पनि गोल फर्काउन सकेन ।

मिकेल मेरिनोले गरेको गोल पनि अफसाइडको कारण अस्वीकृत भएको थियो । अब दोस्रो लेग आगामी बुधबार पेरिसमा हुनेछ । विजेता टोलीले म्युनिखमा हुने फाइनलमा इन्टर मिलान वा बार्सिलोनाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया